बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना मुक्त
टुडेपाटी-
काठमाडौं, वैशाख ६ गते ।
बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेकी उनी कोरोनामुक्त भएकी छन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बताए । उनका अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।
उनी गत चैत २० गते संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।