TodayPati

रौतहटबाट झण्डै २ क्वीन्टल गाँजा बरामद

टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।

सशस्त्र प्रहरीले रौतहटबाट ठूलो परिमाणमा अवैद्य लागुऔषध गाँजा बरामद गरेको छ ।

रौतहटको राजपुर नगरपालिका ६ स्थित बगैँचामा पार्किंग गरी राखिएको डीएल ४ सिएनडी लेखिएको ७२२९ नम्बरको भारतीय स्कारपियोबाट १ क्वीन्टल ९२ किलो ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

Sponsored

सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प फतुवाबाट प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटेको प्रहरीको टोलिले आइतबार राति १० बजे विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

उनका अनुसार स्कारपियोमा १३ वटा प्लास्टिकको पोकामा १४ किलो आठ सय ग्रामको दरले गाँजा राखिएको थियो । गाँजा बरामद भएको घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *