चिकित्सा शिक्षाको शुल्क वृद्धि, एमबीबीएस पढ्न अब ४६ लाखसम्म लाग्ने
टुडेपाटी–
काठमाडौँ, असार ३२ गते ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ।
आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको आयोगका उपसचिव मेघराज शर्माले बताए।
स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको उनले जानकारी दिए। उनका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ।
शुल्क बढेपछि अब एमबीबीएस पढ्न ४६ लाखसम्म लाग्ने भएको छ । आयोगले उपत्यकाभित्रका एमबीबीएस विद्यार्थीका लागि ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिरका विद्यार्थीका लागि ४५ लाख ९५ हजार ७२० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै बीडीएसका लागि २० लाख ९२ हजार २९०, बीएससी नर्सिङका लागि १० लाख ३६ हजार निर्धारण गरेको छ ।
Sponsored