TodayPati

मधेश प्रदेशको गृह मन्त्रालयद्वारा सुरक्षाकर्मीलाई सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण

टुडेपाटी–
जनकपुरधाम, असार ३१ गते ।

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले विभिन्न सुरक्षा निकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार मन्त्रालयमा एक कार्यक्रमकाबीच गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

Sponsored

मन्त्रालयको तर्फबाट महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको छ भने टीभीएस कम्पनीका १२५ सिसी मोटरसाइकल २९ वटा जगदम्बा मोटर्स, काठमाडौंबाट ५६ लाख ५१ हजार ९९ रुपैयाँमा खरिद गरिएको छ ।

यस्तै बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको हो।

मन्त्रालयबाट नेपाली सेनालाई ब्यान्डबाजा प्रदान गरिएको छ ।

Sponsored

सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गाउँघरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीलाई सवारीसाधनको आवश्यकता महसुस भएकाले प्रदान गरिएको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *