गर्मी बढेपछि महोत्तरीमा बिरामीको संख्यामा वृद्धि
टुडेपाटी–
महोत्तरी, असार ३० गते ।
तराई मधेशमा गर्मी बढेसँगै अस्पतालहरुमा विरामीको संख्यामा वृद्धी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ।
पछिल्लो ७ दिन यता जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए।
भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेको उनले बताए ।
पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. साहले बताए ।
Sponsored
महोत्तरीमा सरकारी अस्पताल मात्र नभई निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्।
अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ।
अत्यधिक गर्मीका कारण बच्चाहरूमा समेत समस्या बनेको छ। घमाउरा आउने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउछन्।
महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस हो ।