TodayPati

जनकपुरमा चार वर्षदेखि संचालित सबैला नपाको अघोषित कार्यालय नवनिर्वाचित मेयरले सारे

टुडेपाटी-
जनकपुरधाम, असार २९ गते ।

चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको धनुषाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ।

सबैलाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो।

Sponsored

चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा कोठा भाडामा लिई अघोषित कार्यालय राखेका थिए ।

No description available.

प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले मासिक १५ हजार रुपैयाँ भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन गरिएको थियो।

नगरपालिकामा हुनुपर्ने महत्त्वपूर्ण कागजात, अभिलेख ठूलो मात्रामा यसै डेरामा राखेको पाइएको छ।

Sponsored

टिपर र ट्याक्टरको प्रयोग गरी सम्पूर्ण सरसामान नगरपालिका कार्यालयमा ओसारिएको हो ।

No description available.

अघोषित कार्यालय खाली गराएर सबै कागजात, फर्निचर, प्रिन्टरलगायत सबै सामान मेयर यादवको निर्देशनमा नगरपालिका कार्यालय लगिएको छ। एक कर्मचारीका अनुसार आर्थिक वर्ष २०७७।०७८ को महालेखा परीक्षण भएको नगरपालिकाको सबै फाइल यस अघोषित कार्यालयमा राखिएको थियो ।

संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार भनिए पनि कतिपय पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मिलेर सहरमा अघोषित कार्यालय सञ्चालन गर्ने गरेको पाइएको छ।

No description available.

मोटो कमिसनको सेटिङ गरेर गोप्य तरिकाबाट कागजात मिलाएर यस्तै अघोषित कार्यालयबाट कामकाजसहित चेक काटेर भुक्तानी दिने गरिन्छ। कार्यालयमा सेवाग्राही पुग्दा कागजात अभिलेखको कारण कर्मचारीले काममा आलटाल गर्ने प्रवृत्ति बढेको छ।

सो परम्परालाई सबैलाका नवनिर्वाचित मेयर यादवले तोडेका हुन्।

जनताको बहुमूल्य महत्त्वपूर्ण कागजात, अभिलेख, फर्निचरजस्ता सार्वजनिक सम्पती नगरपालिका कार्यालयमै हुनुपर्ने भएकाले अघोषित कार्यालय खाली गरेको मेयर यादवले बताए ।

No description available.

सरकारी कागजात अवैध रुपमा बाहिर राख्ने र कार्यालयमा आएका सेवाग्राहीको काम नगरी सास्ती दिने गरेकाले थाहा पाएपछि जनकपरमा संचालित अघोषित कार्यालय सारिएको मेयर यादवले बताए ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *