TodayPati

हत्या गरेका अभियुक्तलाई सफाई दिने जिल्ला अदालत धनुषाका न्यायाधीशको जिम्मेवारी खोसियो

टुडेपाटी–
काठमाडौँ, असार २७ गते ।

विवादित आदेश दिएका धनुषाका एक न्यायाधीशको जिम्मेवारी खोसिएको छ ।

सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ ।

Sponsored

उनलाई आजदेखि नै लागू हुने गरी काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो ।

न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ ।

गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै उनले सफाइ दिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *