TodayPati

मधेश प्रदेश : मिटरव्याजीका छोराछोरी कारागार चलान

टुडेपाटी-
सप्तरी, असार २३ गते ।

जिल्ला अदालत सप्तरीले मिटरव्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

बुधबार न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको एकल इजलासले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा खडक नगरपालिका-७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेष्तेदारकुमार मास्केले जानकारी दिए।

Sponsored

दुवैजनाको बयान सकिएपछि बुधबार साँझ अबेरसम्म थुनछेक बहस भएको थियो। दुवै पक्षको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केले बताए ।

यस मुद्दमा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरव्याज असुली गर्ने र धेरैजसो ऋणीले व्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *