मधेस प्रदेश : लागूऔषधसहित युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।
सर्लाहीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ३ का २० वर्षीय महमद बसिर साह फकिर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलंगवा ८ स्थित खटेको प्रहरी चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका फकिरलाई शंका लागि खानतलासी गर्दा नाइट्राजेपाम ट्याब्लेट २० पिस फेला परेका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
Sponsored