नक्कली नागरिकताको सिफारिस गर्ने जनकपुरका पूर्व वडाध्यक्ष र सचिव फरार
टुडेपाटी
जनकपुरधाम, असार १८ गते ।
नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा पक्रउ पुर्जी जारी भएपछि जनकपुरधामका एक पूर्व वडाध्यक्ष फारार भएका छन् ।
धनुषा जिल्ला अदालतबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष रमेश ठाकुरमाथि पक्राउ पुर्जी जारी भएको हो ।
ठाकुर वडाध्यक्ष रहेकोब बेला नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि दुबैजना फरार भएका छन् ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम वडा नम्बर ८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीबिरुद्ध मुद्दा परेको थियो ।
Sponsored
तत्कालीन वडाध्यक्ष ठाकुरले धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।
नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।
त्यसपछि मिश्रले २०७८ मङ्सिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।
दूबै नागरिकतामा उनको जन्म मिति र स्थान फरक फरक देखाइएको छ । भने यसका साथै पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । त्यस्तै अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । अहिले आनन्द भने कारागारमा छन् ।