TodayPati

विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

टुडेपाटी–
जनकपुरधाम, असार १७ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुन सक्ने जनधनको क्षति न्युनिकरणको लागि तयारी अवस्थामा बस्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुर स्थित कमला व्यारेजमा आयोजित प्रदेश स्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै मुख्यमन्त्री राउतले सुरक्षा निकायहरुले विपद प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सो निर्देशन दिएका हुन् ।

Sponsored

‘हाम्रो तयारी राम्रो छ, तसर्थ विपदको समयमा हुन सक्ने जनधनको क्षति न्युनिकरणका लागि व्यवहारमा लागु गर्नए तयारी अवस्थामा बस्नु पर्दछ’, उनले भने ।

प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद न्युनिकरणको लागी तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो । बाढी बाट वर्षेनी जोखिममापर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नु पर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले जोखिम न्युनिकरणको लागी गर्नु पर्ने पूर्व तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिए ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वाढीबाट जनधनको क्षति न्युनिकरणका लागी गरिने प्रयासहरु बारे विभिन्न नमूनाहरु प्रस्तुत गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *