मधेश प्रदेश : मध्यरातमा जलाउँदै गरेको किशोरीको शव प्रहरीको नियन्त्रणमा
टुडेपाटी-
पर्सा, असार १६ गते ।
पर्सामा मध्यरातमा जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति करिब ११ बजे जिल्लाको बहुदरमाई नगरपालिका-७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार घटनास्थलबाट तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ चलिरहेको छ।
आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएपछि प्रहरीको टोली खटिएको थियो।
घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागेको र तीनजना महिला पक्राउ उनले बताए ।
Sponsored
प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन्। उनीहरू एकै परिवारका हुन्।
सुरूमा प्रहरीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
प्रहरीले मृतकको परिचय खुलाएको छैन।
प्रहरीले शवको पोष्टमर्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ। शवको ५० प्रतिशत भाग जलेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको र घटनामा संलग्न पुरूषहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।