TodayPati

सोमबार प्रदेशसभा बैठक बस्दै, बजेटमा छलफल हुने

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

मधेश प्रदेश सरकारले बजेट ल्याएको २० दिन पछि सभाको बैठक आह्वान गरेको छ ।

बजेट ल्याएर अनिश्चितकालकालागि स्थगित भएको प्रदेश सभा बैठक आगामी असार २० गते बस्ने भएको छ ।

Sponsored

असार २० गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ ।

केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *