मधेश प्रदेश : नक्कली घुमुवा प्रहरी पक्राउ
टुडेपाटी–
रौतहट, असार १५ गते ।
रौतहटबाट नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन् ।
यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउँदै डर धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोलका सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसलाई रोकी म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुख हैरानी दिँदै आएका थिए ।
जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यबहार शिर्षका मुद्दामा ६ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Sponsored