TodayPati

युवाहरुको समुचित व्यवस्थापनमा प्रदेश सरकार अग्रसर : मुख्यमन्त्री राउत

टुडेपाटी–
जनकपुरधाम, असार १५ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागी प्रदेश सरकार अग्रसर भएको उल्लेख गरे ।

Sponsored

मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको उल्लेख गर्दै उनले प्रदेशमै रोजगारी सृजनाको लागी पहल भै रहेको बताए ।

उनले मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढे पनि संघ सरकारको कृदृष्टिका कारण हाल सम्म सफल हुन नसकेको उल्लेख गरे । उनले प्रहरी , प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत दिलाए ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताए ।

Sponsored

युवाहरु सकारात्मक कदमले मात्र मधेश वा देश को विकास सम्भव रहेको उनको कथन थियो ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा भएको उक्त युवा सम्मेलनको उद्घाटन सत्रमा गृह तथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *