TodayPati

सामान्य वर्षा भएपछि मधेशको राजधानी डुबानमा, उपमेयरकै घरमा पस्यो पानी

टुडेपाटी–
जनकपुरधाम, असार १४ गते ।

जनकपुरधामा सामान्य वर्षापछि यहाँका बस्तीहरु डुबानमा पर्न थालेको छ । एकदिनकै वर्षामा जनकपुरधाममा सर्वसाधारणको घर मात्र नभई यहाँका जनप्रतिनिधिकै घर डुबानमा परेको छ।

भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न हुँदा वडा नम्बर १० स्थित नव निर्वाचित उपप्रमुख किशोरी साहको घर समेत डुबानमा परेको छ ।

Sponsored

शाहको बेडरुममा समेत पानी पसेको छ।

हरेक वर्ष यसैगरी घर डुबानमा परे पनि तत्कालीन मेयर लालकिशोर साहलाई समस्या सुनाउँदा पनि कुनै सुनुवाइ नगरिएको साहको गुनासो छ।

अहिले आफू उपप्रमुख जितेपछि मेयर मनोज साहलाई भनेर नाला सफाइ गर्न लगाए पनि डुबान भने यथावत् नै रहेको उनको भनाइ छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *