TodayPati

जनकपुरधाममा आजदेखि युवा वैज्ञानिक सम्मेलन हुँदै

टुडेपाटी–
काठमाडौं, असार ९ गते

जनकपुरधाममा आजदेखि युवा वैज्ञानिक सम्मेलन सुरु हुँदैछ । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु हुँदै छ ।

अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो ।

Sponsored

मुझेलियास्थित होटल राजदरबारमा आज र भोली दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन् ।

नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरु सम्मेलनमा सहभागी छन् । सम्मेलनमा कृषि, औषधि, विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी प्रस्तुति रहने छ । सम्मेलनमा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको पनि प्रस्तुती छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *