धनुषामा ११ महिनामा भन्सार छली गरेर ल्याएको झण्डै ५ करोडको सामान बरामद
टुडेपाटी–
जनकपुरधाम, असार ५ गते ।
धनुषामा तस्करी बढेको छ ।
धनुषा प्रहरीले चालु आर्थिक वर्षको ११ महिनामै जिल्लाका विभिन्न नाकाहरूबाट अवैध चोरी निकासीका सामानहरू पक्राउ गरी ४ करोड ८० लाख ८४ हजार ४९९ रुपैयाँ राजश्व संकलन गरेको तथ्यांक छ ।
धनुषा प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा भने ४ करोड १६ लाख २८ हजार ६०९ राजश्व संकलन गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९ लाख २१ हजार ६७४ र आव २०७५/७६ मा २ करोड ६५ लाख १० हजार ३३२ रुपैयाँ बराबरको सामान बरामद गरेको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले अवैध रुपमा तस्करी भईरहेको चाँदी, लत्ता कपडा, पितल, किराना सामग्री, अवैध मदिरालगायतका सामानहरू जिल्लाका विभिन्न नाकाहरूबाट बरामद गर्दै आएको छ ।
Sponsored