मधेश प्रदेश : करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
सिरहा, असार ५ गते ।
करेन्ट लागेर सिरहामा एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको गोलबजार नगरपालिका १ का २६ वर्षीय गोपाल पूर्वेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जननाएका छन् ।
आइतवार विहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।