TodayPati

बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ युवकको ज्यान गयो

टुडेपाटी-
वीरगन्ज, जेठ ३० गते।

बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बाराको सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर-२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादव छन् ।

Sponsored

आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२-०३-००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए ।

उनीहरूको उपचारको क्रममा कलैया अस्पतालमा सवा ११ बजे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *