TodayPati

टिकटकबाट चरित्र हत्या गरेको भन्दै जनकपुरका एक युवकविरुद्ध प्रहरीमा उजुरी

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा जनकपुरका एक युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् ।

Sponsored

जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति खालका घटनाहरु तत्कालै मिलाउने गरेको जनाएको छ ।

विशेष प्रकृतिका घटनाहरूलाई भने साइबर क्राइममै तत्कालै पठाइने गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *