TodayPati

विद्युतीय चूलो वितरण गर्ने घोषणा स्वागतयोग्य : कार्यान्वयनमा लैजानुपर्नेमा जोड

रासस
जनकपुरधाम, जेठ १७ गते।

सरकारले प्रत्येक घरधूरीलाई विद्युतीय चूलो प्रदान गर्ने घोषणालाई स्वागत गर्दै उर्जा बिज्ञहरुले विद्युतीय चूलोसँगै समग्र विद्युत प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

खाना पकाउन एलपीजी ग्यासको बढ्दो प्रयोगका कारण बर्षेनी मुलुकले ठुलो आर्थिक भार खेप्दै आएका बेला हिजो सरकारले आगामी आर्थिक बर्ष ०७९-०८० को बजेट भाषण मार्फत सबै घरधूरीलाई विद्युतीय चूलो उपलब्ध गराउने घोषणा गरेको थियो ।

Sponsored

विद्युतीय चूलोलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारद्वारा घोषित सो निर्णयले आफुहरुलाई उत्साहित बनाएको भन्दै उर्जा बिज्ञहरुले यसबाट बिस्तारै एलपीजी ग्यासको माग घट्दै जाने र विद्युतीय चूलोको प्रयोग बढ्ने विश्वास व्यक्त गरेका छन् । 

खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम बढ्नुको साथै आर्थिक नोक्सानी समेत बढ्ेको भन्दै बिद्युती चुलो लगायत बैकल्पीक उर्जाको प्रबद्र्धन गर्ने अभियान शुरु गरेको नेपाल इन्र्जी फाउण्डेशनले जनकपुरमा आज आयोजना गरेको  खाना पकाउने सफा उर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारबालाहरुले स्वास्थ्य सुरक्षासँगै आर्थिक सुरक्षाको दृष्टिकोणले उपयुक्त मानिएको विद्युतीय चूलोलाई प्रोत्साहित गर्न गाउँ गाउँमा जनचेतनामुलक अभियान लैजानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा उर्जा बिज्ञ तथा नेपाल इन्र्जी फाउण्डेशनका सचिव डिल्ली घिमिरेले एलपीजी ग्यासको तुलनामा बिद्युतीय वा गोबर ग्यासबाट खाना बनाउँदा आर्थिक र स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त भएकाले सरकारद्वारा घोषणा गरिएको विद्युतीय चूलो वितरणको निर्णय मुलुकको हित रहेको बताउनुभयो ।

Sponsored

आफुहरुले बिगत लामो समयदेखि विद्युतीय चूलो प्रबद्र्धनको अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै सचिव घिमिरेले विद्युतीय चूलो प्रयोग बढाउने अभियानलाई गाउँ स्तरसम्म लैजानुपर्ने बताउनुभयो ।

खाना पकाउन सफा उर्जाको बारेमा जनचेतनामुलक कार्यक्रम, खाना पकाउने बैकल्पीक उर्जाको खोजी गर्ने, घरभित्रको धुँवा हटाउने कार्यक्रम तर्जुमा गर्ने, खाना पकाउने सफा प्रबिधिमाथि सर्बसाधारणहरुको पहुँच सुनिश्चित गर्न अनुदान, सहुलियत ऋण तथा बित्तको व्यवस्था गर्ने योजनासहित अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

‘‘शहरी क्षेत्रमा मात्र होईन्, ग्रामिण क्षेत्रमा पनि पछिल्लो समय खाना पकाउन एलपीजी ग्यासको माग बढ्दै गएको छ” सचिव घिमिरेले भन्नुभयो,‘‘ एकातिर एलपीजी ग्यास नेपालमा उत्पादन हुँदैन्, अन्य मुलुकबाट ल्याउनु पर्दा ठुलो आर्थिक घाटा भईरहेको छ भने अर्काेतिर ग्यास फड्किएर मानवीय भौतिक क्षति समेत हुँदै आएको छ ।” त्यसैले पनि खाना पकाउन विद्युतीय चुलो र गोबर ग्यास लगायतका बैकल्पीक उर्जालाई प्रोत्साहित गर्नुपर्ने उहाँको भनाई थियो ।

बर्षेनी खाना पकाउने ग्यासको लागि मात्र जम्मा आयातको २ दशमलव ५ प्रतिशत रकम नेपालले भुक्तानी दिदै आएको जानकारी दिनुहुँदै उर्जा बिज्ञ समेत रहनुभएका घिमिरेले खाना पकाउने सफा उर्जाका बिभिन्न बिकल्पहरु सहितका प्रबिधिहरु बजारमा उपलब्ध भएको अवस्थामा स्थानीय आवश्यकता र उपलब्धताको आधारमा स्वच्छ उर्जाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

खाना पकाउने उर्जा श्रोत, प्रबिधिलाई आधुनिक र सफा बनाउँदा उपभोक्ता स्वयम्, समुदाय  र राज्य समेतलाई फाइदा पुग्ने दाबी गर्नुहुँदै उहाँले सफा खाना पकाउन बिद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न सकिए वातावरण र बायु प्रदुषणमा कमी आउने तथा त्यसबाट मानव स्वस्थ्यमा समेत असर नपुग्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा वातारण बिज्ञ पुरुषोतम घिमिरेले रसायनिक पदार्थको बढ्दो प्रयोग, धुँवा र धूलोका कारण बायु प्रदुषण बढ्ेको बताउनुहुँदै पर्यावरण बचाउन र प्रकृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

बिद्युतमा सबैको पहुँच पु¥याएर बिद्युतीय चूलोलाई प्रबद्र्धन गर्न सकिए आर्थिक र भौतिक  लगायतका क्षेत्रमा फाइदा पुग्न सक्ने बताउनुहुँदै यसलाई तीनै तहको सरकारले गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

विगत बर्षहरुमा भन्दा पछिल्लो दुई बर्षमा नेपालमा विद्यूतीय चूलो प्रयोगकर्ताको संख्या बढ्दै गएको भन्दै उहाँले पछिल्लो दुई बर्षमा मात्रै छिमेकी मुलुक भारत र चीनबाट तीन लाख विद्युतीय चूलो नेपालमा भित्रिएको पाईएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले जनतालाई सर्बसुल्भ रुपमा बिद्युत उपलब्ध हुन सकेमात्र खाना पकाउन बिद्युतीय चूलोको प्रयोग बढ्न सक्ने भएकाले बिद्युत प्रणालीलाई व्यवस्थित र नियमित बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुधारिएको चूलो बारे नागरिकमा सचेतना जगाउनुपर्नेमा जोड दिनुहुँदै तीनै तहको सरकारले यसबारे ठोस नीति अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *