मधेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते
टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।
मधेश प्रदेश सरकार अगामी जेठ २१ गते आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिए ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने भएको छ ।
नीति तथा कार्यक्रम पश्चात प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसारको तयारीमा सरकार लागेको मन्त्री साहले बताए ।
Sponsored