जनकपुरधामका मेयरको पहिलो निर्णय : सरसफाईको जिम्मा वडालाई
टुडेपाटी–
जनकपुरधाम, जेठ १० गते ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले कार्यभार सम्हाल्दै फोहोर व्यवस्थापनको जिम्मालाई वडालाई दिने निर्णय गरेका हुन् ।
मेयर साहले कार्यभार सम्हाल्दै सरसफाईको काम उपमहानगरपालिकाको कार्यालयबाट हुँदै आएकोमा अब नगरका सबै वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाईका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयहरुलाई सरसफाईको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेका हुन् ।
यस्तै प्रमुख साहले उपमहानगरको कार्यालय महाशाखा शाखाहरुमा नियुक्त भएका विज्ञहरुलाई नियुक्त गरिएको कार्य गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।
मेयर साहले उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्यहरुलाई थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।
Sponsored