मिथिला नगरपालिकामा चौपक्षीय कडा चुनावी प्रतिस्पर्धा, कसको पल्ला भारी ?
टुडेपाटी-
जनकपुरधाम, बैशाख २७ गते ।
चुनावको तीन दिन मात्र बाँकी रहँदा धनुषाको मिथिला नगरपालिकामा चौपक्षीय कडा चुनावी प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन र नेकपा एकीकृत समाजवादी पार्टीबीच कडा चुनावी प्रतिस्पर्धा हुने अडकल भइरहेको छ ।
काँग्रेबाट मेयरमा महेन्द्र महतो र उपमेयरमा निर्मला कोइराला उम्मेदवार छन् भने एमालेबाट मेयरमा राजाराम महतो र उपमेयरमा सुनिता सिंह बुढाथोकी उम्मेदवार छन् । त्यस्तै माओवादी केन्द्र र जसपा गठबन्धनबाट मेयरमा माओवादीका रामकुमार महतो र उपमेयरमा जसपाकी मनुमाया मोक्तान छन् ।
एकीकृत समाजवादीबाट मेयरमा सूर्य पुडासैनी र उपमेयरमा कविता कुमारी सिन्हा उम्मेदवार छन् भने जनमत पार्टीबाट मेयरमा सरोज कुमार सिंह र उपमेयरमा रञ्जु सिंह छन् ।
मिथिला नगरपालिकामा चौपक्षीय प्रतिष्पर्धा हुने देखिएपनि को जित्ने भन्ने अनुमान लगाउन गाह्रो छ । यधपी काँग्रेस, एमाले, गबन्धन र एकीकृत समाजवादीले आफ्नो पार्टीले मेयर उपमेयर जित्ने दावी गरिरहेका छन् ।
Sponsored
चुनावको तीन दिन मात्र बाँकी रहँदा धनुषाको मिथिला नगरपालिकामा चौपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन र नेकपा एकीकृत समाजवादी पार्टीबीच कडा चुनावी प्रतिस्पर्धा हुने अडकल भइरहेको छ ।
काँग्रेबाट मेयरमा महेन्द्र महतो र उपमेयरमा निर्मला कोइराला उम्मेदवार छन् भने एमालेबाट मेयरमा राजाराम महतो र उपमेयरमा सुनिता सिंह बुढाथोकी उम्मेदवार छन् । त्यस्तै माओवादी केन्द्र र जसपा गठबन्धनबाट मेयरमा माओवादीका रामकुमार महतो र उपमेयरमा जसपाकी मनुमाया मोक्तान छन् ।
एकीकृत समाजवादीबाट मेयरमा सूर्य पुडासैनी र उपमेयरमा कविता कुमारी सिन्हा उम्मेदवार छन् भने जनमत पार्टीबाट मेयरमा सरोज कुमार सिंह र उपमेयरमा रञ्जु सिंह छन् ।
मिथिला नगरपालिकामा चौपक्षीय प्रतिष्पर्धा हुने देखिएपनि को जित्ने भन्ने अनुमान लगाउन गाह्रो छ । यधपी काँग्रेस, एमाले, गबन्धन र एकीकृत समाजवादीले आफ्नो पार्टीले मेयर उपमेयर जित्ने दावी गरिरहेका छन् ।
यस नगरपालिकामा गएको २०७४ को स्थानीय निर्वाचणमा एमाललेबाट मेयरमा हरिनारायण महतो र उपमेयरमा एमालेबाटै तारा लामा बस्नेत जितेकी थिइन् । हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए तारा लामा ६ हजार ६६५ मत ल्याएर विजयी भएकी थिइन् ।
सो चुनावमा काँग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धन थियो । निकटतम प्रतिद्वन्दी गठबन्धनबाट काँग्रेसका उम्मेदवार राजकुमार महतोले ५ हजार १७८ ल्याएका थिए । भने उपमेयरमा गठबन्धनकै माओवादी केन्द्रका उम्मेदवार मनिष जर्घा मगरले ६ हजार ३ सय ३८ मत ल्याएर निकटतम प्रतिद्वन्दी मत्र बन्न सफल भए ।
त्यति बेला काँग्रेस पहिलो दलको हैसितमा हुँदाहुँदै पार्टीबाट बिद्रोह गर्दै मेयरमा राजाराम महतो बागी बनेका थिए । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका राजारामले ३ हजार ५०३ मत ल्याएका थिए । राजाराम बागी उम्मेदवार बन्दा एमालेलाई फाइदा भएको थियो । गठबन्धनमा समेत अन्तरघात भएको काँग्रेस र माओवादीले आरोप प्रत्यारोप गरेको थियो । एमाले मेयर उपमेयरसहित ११ वटा मध्ये ७ वटा जितेको थियो । त्यस्तै माओवादी केन्द्रले तीन र काँग्रेस एका मात्र वडामा सिमित भएको थियो ।
पछि मेयर हरिनारायणले बागी उठेका राजारामलाई पनि एमालेमै प्रवेश गराएका थिए । पार्टी विभाजन पश्चात पनि हरिनारायणले संगठन विस्तार गरेका थिए ।
यधपी विभाजनले पहिले भन्दा एमाले कमजोर भएको चर्चा छ । त्यसमा पनि निवर्तमान मेयर हरिनारायणलाई एमाले नगर कमिटीले चुनावको लागि मेयर पदमा सर्वसम्मत सिफारिस गर्दा पनि मनोनयन दर्ताको दिन टिकट राजारामले पाएपछि एमालेमा अन्तरद्वन्द छ । हरिनारायण रुष्टको कारण एमाले कमजोर भएको चर्चा छ । तथापी राजाराम पहिले चुनावमा स्वतन्त्र ल्याएको मत तान्न सके र पार्टीको अन्तरद्वन्द मिलाउन सके चुनाव जित्ने सम्भावना रहेको स्थानीय मतदाताको तर्क छ । उनको हार जीतमा हरिनारायणको भूमिकामा निर्णायक हुने अडकलबाजी भइरहेको छ ।
गत चुनावमा बागीको कारण हार बेहोरेका काँग्रेस अहिले मिथिला नगरपालिकामा अहिले शक्तिशाली रहेको देखिन्छ । एमालेको आन्तरिक विवादले काँग्रेसलाई फाइदा पुग्ने सम्भावना रहेको चर्चा छ । गत चुनावमा काँग्रेसको बागी र यो चुनावमा कुनै पनि विवाद र बागी नरहेकाले काँग्रेसको पक्षमा राम्रो माहोल रहेको स्थानीय बताउँछन् । यधपी टिकट वितरणलाई लिएर काँग्रेस पार्टी भित्र केहि नेता असन्तुष्ट रहेको पनि सुनिन्छ । पार्टी भित्र ती नेताहरुको असन्तुष्टि मेट्न सकेको खण्डमा काँग्रेसकाँग्रेसलाई जित निकाल्न सहज हुने विश्लेषण भइरहेको छ ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन पनि राम्रो अवस्थामा देखिन्छ । माओवादी यो नगरपालिकाको तेश्रो स्थानमा रहेको दल र पाँचौ स्थानमा रहेको जसपा गठबन्धन गरेपछि अलि उकालो लागेको चर्चा छ । त्यसमा पनि गठबन्धनबाट मेयर पदका उम्मेदवार रामकुमार अन्य उम्मेदवार भन्दा अलि फरक र जनस्तरमा बढी घुलमिल भएकाले राम्रो सहानुभूति मत उनलाई पर्ने अनुमान भइरहेको छ । यसले गठबन्धनलाई पनि चुनावी प्रतिष्पर्धा मै रहेको चर्चा छ । अनुमान गरे अनुसार नै सहानुभूति मत पाउन सके उनको पनि जित्ने सम्भावना छैन भन्न सकिन्न ।
एमाले विभाजन भएर नवगठन भएको माधव नेपालको एकीकृत समाजवादी पार्टी पनि मिथिलामा बलियो अवस्थामा छ । प्रतिस्पर्धामा रहेको तीन वटै दलबाट मेयर पदमा मात्र कोइरी समुदायकै उम्मेदवार छन् । यस पालिकामा अन्य जातजातीको तुल्नामा बहुसंख्यक कोइरी समुदायकै बसोबास रहेकाले सबै पार्टीको नेतृत्व तहमा हुनु अस्वभाविक होइन । तर पहाडी समुदायको पनि राम्रो जनसंख्या रहेको मिथिला नगरपालिकामा एकीकृत समाजवादीबाट सूर्य पुडासैनी उम्मेदवार छन् । पहाडी समुदायबाट एक मात्र उम्मेदवार रहेकाले उनलाई सहानुभूति मत पर्ने चर्चा पनि भइरहेको छ । पुडासैनी पनि लामोसमयदेखि राजनीतिमा सक्रिय छन् । उनको पनि जनस्तरमा राम्रो घुलमिल छ ।यदि समुदाय स्तरबाटै मत विभाजन हुने अनुमान सही भयो भने पुडासैनीले बाजी मार्ने सम्भावना देखिन्छ । यसले पुडसैनी पनि कडा प्रतिस्पर्धामा रहेको चर्चा छ । उनले सबै दलको पहाडी समुदायको मत काट्ने सम्भावना भए अन्य उम्मेदवारलाई चुनौती पनि थप्ने सम्भावना छ ।
यी आधार र विश्लेषणले तीन दल र एक गठबन्धन गरी चारपक्षले को जित्ने हार्ने अनुमान लगाउन असहज छ ।
तर यी आधारमा नै मतदाताले कुनै उम्मेदवारलाई मत हाल्छन् वा हाल्दैन भन्न सक्ने अवस्था छैन ।