घरदैलोको क्रममा सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनामा प्रहरी अनुसन्धान गर्दै
टुडेपाटी–
सर्लाही, बैशाख २७ गते ।
घरदैलोको क्रममा सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार विरामी परेको घटनामा प्रहरीले अनुसन्धान थालेको हो ।
जिल्लाको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलोकाृ क्रममा ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भएका थिए । वैशाख २५ गते वडा नम्बर–११ का माओवादी केन्द्रको वडाध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।
उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।
स्थानीयहरुबाट ‘सगुन’ खाएर विरामी परेकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ ।
Sponsored
विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् ।
विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै छ ।