TodayPati

बटेश्वरमा झिनो मतले पराजित महतो भन्छन् ‘यो चुनावमा अत्यधिक मतले जित्छु'(अन्तरवार्ता)

टुडेपाटी, जनकपुरधाम ।

रामअशिष महतो धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली काँग्रेसबाट पालिका प्रमुखका प्रत्यासी हुन् । वडा नं. २ भूचक्रपुरका बासिन्दा महतो २०३९ देखि २०४६सम्म दुई कार्यकाल गाविस प्रधानपञ्च बनेका थिए । २०७४ को स्थानीय निर्वाचनमा पनि पालिका अध्यक्ष पदमा काँग्रेसबाटै चुनाव लडेका महतो एमालेका डम्बर बहादुर राउत क्षेत्रीसंग ७४ मतले पराजित भए । क्षेत्रीले २ हजार ३७७ मत ल्याएर विजयी भएका थिए भने निकटतमप्रतिद्वन्दी महतो २ हजार ३०३ मात्र ल्याउन सके । मतगणनामा षड्यन्त्र हुँदा उनी पराजित भएको चर्चा हुने गरेको छ । झिनो मतले पराजित भएका कारण यसपटक पुनः काँग्रेसले उनलाई पालिका प्रमुखको उम्मेदवार बनाएको छ । चुनाव विषयमा केन्द्रत भएर उम्मेदवार महतोसंग टुडेपाटीले गरेको छोटो कुराकानीको संपादति आंश

तपाईको उम्मेदवारी किन ?

Sponsored

यो बटेश्वर गाउँपालिकामा विगतमा हरेक ठाउँमा भ्रष्टाचार, व्यतिथि र अन्योल रह्यो । कृषि, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा भ्रष्टाचार र कमिसनको खेलमा जनप्रतिनिधि मस्त रहे । त्यसलाई समाप्त गर्न र हरेक क्षेत्रको विकासको लागि मेरो उम्मेदवारी हो ।

तपाईको चुनावी एजेण्डा के हो ?
मेरो एजेण्डा शिक्षा, स्वास्थ्य, रोजगार कृषि लगायत मेरो प्राथमिकता रहन्छ । त्यसमा पनि खास गरेर यो कृषि क्षेत्र रहेकाले कृषिमा मेरो बढी जोड रहन्छ । सिंचाइको लागि इनार, बोर्डिंग, कृषि विद्युतीकरणको व्यवस्था गर्छु ।

विगत २०७४ को निर्वाचनमा तपाई जस्तै उम्मेदवारहरु आकर्षक एजेण्डा, प्रतिबद्धता बोकेर घरदैलो पुगे । मत पाएर जितेपछि जनभावना विपरीत काम, भ्रष्टाचार र कमिसनमा लिप्त रहे । तपाई त्यो पदमा पुगेपछि त्यस्तै गर्नु हुन्न भन्ने के ग्यारेन्टी छ ?

Sponsored

राजनीतिमा सबभन्दा ठूलो कुरा विश्वास हो । मेरो विगत पनि देख्नु भएको होला । २०३९ देखि ४६ को अवधिमा म दुईपटक तत्कालीन भूचक्रपुर गाविसको प्रधानपञ्च बनेको थिए । त्यति बेला ४ हजारदेखि ६ हजार रुपैयाँसम्म बजेट आउँथ्यो । तर, त्यति थोरै बजेटमा पनि मैले सकेसम्म राम्रो काम गरेको थिए । समाजले देखेका छन् । त्यति बेला पनि मैले एक रुपिया अनियमितता हुन दिएन । गरिन । त्यसबेलादेखि आजसम्म ममाथि कुनै प्रकारको कंलंक, आरोप आक्षेप छैन । म भ्रष्टाचारी र अपराधिक प्रवृतिको व्यक्ति होइन । त्यसैले विश्वास गर्नुस् म जिते भने सबैलाई साथ लिएर, जनभावना अनुसार परादर्शी हिसाबले काम गर्छु । भ्रष्टाचार मुक्त पालिका बनाउँछु । तानासाही प्रवृति र भ्रष्टाचार विरोधमा खरो उत्रिन्छु ।

यो बटेश्वरमा अन्य दलको तुल्नामा अहिले तपाईको पार्टीको अवस्था के छ ?
अन्य दलको तुल्नामा काँग्रेस यो पालिकामा प्रथम स्थानमा छ । निकै बलियो छ ।

तपाईको प्रतिस्पर्धा कुन दल वा उम्मेदवारसंग हुन्छ ?

मेरो प्रतिस्पर्धा एमालेसंग हुन्छ । तर पनि हामी एमालेभन्दा धेरै अगाडी छौं ।

पाईको जित्ने आधार के हो ?
मतदातको उत्सुक्ताको आधारमा म आफूलाई .जितिरहेको देखिरहेको छु । गत चुनावमा षड्यन्त्र पूर्वक झिनो मतले मलाई पराजित गरेको थियो । तर ती व्यक्ति र पार्टी पद एवं सत्तामा पुगेपछि भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । यसले ती दलप्रति वितृष्णा छ । म झिनो मतले पराजित र अन्य उम्मेदवारको तुल्नामा म निस्कलंक, स्वभाव व्यवहार राम्रो रहेकाले मप्रति जनतामा असिमित सहानुभूति छ । पार्टी पनि ठूलो र सहानुभूति मत पनि धेरै आउने निश्चित रहेकाले अब म जित्छु भन्नेमा ढुक्क छु । यो नै मेरो जित्ने ठूलो आधार हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *