रामकुमारद्वारा लिखित पुस्तक ‘भूमिगत डाक्टर’ प्रचण्डले गरे बिमोचन
टुडेपाटी-
जनकपुरधाम, बैशाख २४ गते ।
धनुषाको मिथिला नगरपालिकामा हाल नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामकुमार महतोले लेखेको पुस्तक ‘भूमिगत डाक्टर’ बिमोचन भएको छ ।
शनिबार मिथिला नगरपालिका वडा नं. ९ बडहडी बजारमा माओवादी केन्द्र र जसपा गठबन्धनले आयोजना गरेको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले सो पुस्तक बीमोचन गरेका हुन् ।
उम्मेदवार महतोले माओवादीको दश वर्षे जनयुद्धको समयमा तत्कालीन अवस्थामा आफूले भूमिगत भएर निर्वाह गरेको भूमिका, झेलेको पीडा, चुनौती र अनुभूति उल्लेख गरेका छन् ।
त्यति बेला उनले नेकाप माओवादीका नेता प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुलाई विभिन्न ठाउँमा आफैले पुर्याउनले ल्याउने, रणनीति बनाउने, बस्ने लगायतको व्यवस्थापन र सहयोगको भूमिका पनि पुस्तकमा खुलासा गरेका हुन् ।
महतो अहेब स्वास्थ्यकर्मी हुन् । लामोसमयदेखि स्वास्थ्यकर्मी पेशाका माध्यमबाट जनयुद्धदेखि हालसम्म समाजलाई सेवा गर्दा उनलाई रामकुमार डाक्टर भनेर चिन्ने गरिन्छ । उनी स्वास्थ्यकर्मीसंगै राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
Sponsored
उम्मेदवार महतोले आफूले लेखेको पुस्तक चुनावपछि बजारमा उपलब्ध हुने बताए ।