प्रदेश अर्थमन्त्रीको गाडीको ठक्करबाट १ जनाको मृत्यु
टुडेपाटी–
कास्की, बैशाख ७ गते ।
गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
अर्थमन्त्री रामजी बराल चढ्ने गाडीले ठक्कर दिँदा वैशाख ४ मा एक जनाको मृत्यु भएको हो ।
पोखरास्थित गगन गौंडामा वैशाख १ मा कार्यक्रममा गएका अर्थमन्त्री रामजी बराल ओर्लिएपछि पार्किङ गर्न खोज्दा ग १ झ ४४५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भिर घाइते भएका मीनबहादुर पाइजाको उपचारको क्रममा वैशाख ४ मा मृत्यु भएको हो ।
त्यसतै सोही दुर्घटनामा परेर मीनबहादुरकी पत्नी घाइते भएकी छिन् ।
Sponsored
यता सवारी चालक पोखरा महानगरपालिका–८ घर भएका ३० वर्षीय राम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।
चालक गिरीलाई ‘सवारी ज्यान मुद्दा’ मा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।