एकीकृत समाजवादीबाट बटेश्वर गाउँपालिका अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस
टुडेपाटी-
जनकपुरधाम, बैशाख ५ गते ।
नेकपा एकीकृत समाजवादी पार्टीले धनुषाको बटेश्वर गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवारीको लागि चारजनाको नाम सिफारिस गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बटेश्वर गाउँ कमिटीको बैठकले अध्यक्ष पदमा चारजनाको नाम सिफारिस गरेको हो ।
अध्यक्ष पदका उम्मेदवारको लागि प्रदेश कमिटी सदस्य राम प्रबोध महतो, जिल्ला कमिटी सदस्यहरु शिवनाथ महतो, नथुनी कुशवाहा र राम उदगार महतोको नाम सिफारिस गरेको जनाएको छ ।