मनरासिसवा नपामा मेयर पदका लागि एमालेबाट युवा नेता झासहित तीनजनाको नाम सिफारिस
टुडेपाटी-
महोत्तरी, बैशाख ३ गते ।
महोत्तरीको मनरासिसवा नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा तीनजनाको नाम सिफारिस भएको छ ।
राजेन्द्र साह, कुन्दन कुमार झा र विनोद साहको नाम सिफारिस भएको जनाएको छ ।
केहि दिन अघि बसेको मनरासिसवा एमाले नगर कमिटीको बैठकले तीनैजनाको नाम मेयर पदका उम्मेदवारको लागि सिफारिस गरेको थियो ।
सिफारिस भएका मध्ये युवा नेता झाले टिकट पाउने सम्भावना प्रवल रहेको जनाइएको छ ।
Sponsored