सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु
टुडेपाटी
जनकपुरधाम, चैत २८ गते ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका २ सिमराहा बस्ने ईन्द्र देव यादवका ८ वर्षीय छोरा देवराज यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै मामा घर जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नं।४ स्थित घर नजिकै रहेको सार्बजानिक पोखरीमा आइतबार दिउँसो नुहाउने क्रममा डुबेर घाइते भएका थिए ।
उनलाई गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज सप्तरीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
Sponsored
शवको कानुन बमोजिम मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य सम्पन्न गरि अन्त्येष्टिको लागि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।