जनकपुरधाममा मिथिला भोजन प्रतियोगिता सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
जनकपुरधाममा मिथिला भोजन प्रदर्शनी तथा प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त प्रतियोगितामा दमकको पिमियर कलेज अफ हस्पिरेलाटी मेनेजमेन्ट पहिलो स्थान हासिल गरेको छ ।
घरेलु स्तरको मिथिला भोजन प्रदर्शनी प्रतियोगितामा इटहरी देखि दमक सम्मका हस्पिट्यालिटी व्यवस्थापनका विद्यार्थीले भाग लिएका थिए।
प्रतियोगीहरुले मिथिला भोजनको परिकार बनाउँदै आफ्नो परिकारलाई प्रदर्शन गरेका हुन् ।
मिथिला भोजन प्रदर्शनी तथा प्रतियोगितामा दमकको पिमियर कलेज अफ हस्पिरेलाटी मेनेजमेन्ट, इटहरीबाट सन् शाइन स्कूल अफ होटल मेनेजमेन्ट, विराटनगरबाट एम्स कलेज, भिटटामोडबाट आर्दश स्कूल अफ मेनेजमेन्ट, इटहरीबाट प्रिमियर होटल स्कूल फूड कम्पिटिसनमा सहभागि भएका थिए ।
उक्त प्रतियोगितामा इटहरीको प्रिमियर होटल स्कूल रनरअप र दोस्रो रनरअप सन् शाइन स्कूल अफ होटल मेनेजमेन्ट भएको हो ।
मिथिला भोजन प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिमा रहेका बलराम महतो, विशेष अतिथि बिबिसी मास्टरसेफ ‘रिम्याच’का विजेता सन्तोष साह, इन्टरनेशन सेफ टोम, सेफ एलेक्स वेब, सेफ फिल्ली अर्मिटेज मिफिन निर्णायक मण्डलका सदस्य थिए ।
Sponsored
उक्त प्रदर्शनी कार्यक्रममा बिबिसी मास्टरसेफ ‘रिम्याच’का विजेता साहले मिथिला भोजन परम्परागत र स्वादिष्ट खाना रहेको बताए । उनले मिथिलाको आफ्नै मौलिक भोजन इतिहास रहेको र आज मिथिला भोजन भन्नेबित्तिकै पाहुनाहरू हुरुक्कै हुनेगरेको बताए ।
प्रतियोगिता विशेष गरी मिथिला भोजनमा केन्द्रित गरिएको आयोजक नवमिथिला फाउन्डेसनका अमित साहले बताए ।