TodayPati

जनकपुरधामका मेयर र उपमेयरका लागि लोसपाबाट ५-५ जनाको नाम सिफारिस

टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि ५-५ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको लोसपा नगर स्तरीय बैठकले नगरप्रमुखमा ५ ।५ जनाको नाम सिफारिस गरेको हो ।

Sponsored

बैठकबाट नगरप्रमुखका लागि मनोज चौधरी, परमेश्वर साह, सञ्जय चौधरी, अमर पञ्जियार र जानकीराम साहको नाम सिफारिस गरेको हो ।
मनोज चौधरी हाल लोसपाका नगर सभापति, परमेश्वर साह प्रदेश सांसद र जानकी राम साह वडा नं. ७ का वडाध्यक्ष हुन् ।

त्यस्तै, उपप्रमुखमा महिना नेतृविभा ठाकुर, विभा पाण्डे, रिताकुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको जनाएको छ ।

रिता कुमारी मिश्र हाल जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर हुन् ।

Sponsored

आज बसेको बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

लोसपाका केन्द्रीय सदस्य रुकमिणी मण्डलको प्रमुख आतिथ्य तथा लोसपा धनुषाका अध्यक्ष परमेश्वर साह र नगर सभापति मनोजकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *