प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानमा गाभिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित
टुडेपाटी–
जनकपुरधाम, चैत २५ गते ।
जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयबिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरु प्रदेश सरकारबिरुद्ध प्रदर्शन गर्दै प्रदेशसभा पुगेका छन् ।
जनकपुरधाममा नगरमा प्रदेश सरकारबिरुद्ध नारावाजी गर्दै प्रदेशसभा पुगेका थिए ।
अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
Sponsored