सत्तागठबन्धन चुनावी माहौल बनाउन संयुक्त विज्ञप्ती निकाल्ने
टुडेपाटी–
काठमााडौं, चैत २५ गते ।
स्थानीय तह चुनावको माहौल बनाउन सत्तागठबन्धनले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ।
शुक्रवार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले चुनावको माहौल बनाउन संयुक्त विज्ञप्ति निकालेर अघि बढ्नुपर्ने निष्कर्श निकालेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए ।
यद्यपि विज्ञप्ति कसले निकाल्ने भन्ने यकिन भइसकेको छैन।
शीर्ष नेताले विज्ञप्ति निकाल्ने कि रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिबाट भन्ने टुंगो अहिले नलागेको एक नेताले भने ।
Sponsored
फाइल तस्विर