मधेश प्रदेशका १० भन्दा बढी युवा विदेशमा अलपत्र
टुडेपाटी–
जनकपुरधाम, चैत २४ गते ।
मधेश प्रदेशका १० भन्दा बढी युवक बिदेशमा अलपत्र परेका छन् ।
चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका युवाहरु त्यहाँ काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।
सिरहा, धनुषा, रौतहटका ती युवाहरु ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका थिए तर अहिले आफै अलपत्र परेका छन् ।
सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका युवाहरुलाई स्काफोल्डिङको कामका लागि भन्दै प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर पठाएका थिए ।
सिरहाका रामवृक्ष महराले उनीहरुसँग विजय यादव नामका एजेन्टले रकम लिएको
सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
Sponsored
दुबई आएको चार महिना भइसक्दा पनि आज काम दिन्छु, भोलि दिन्छु भन्दै टारिरहेको उनले बताए ।
काम नदिए घर पठाइदिन आग्रह गर्दा समेत नमानेको महराले बताए ।
काम नदिए घर पठाऊ भन्दा रमजानपछि काम दिन्छु भनिरहेका भन्दै उनले भने, ‘यत्रो दिन के खाएर बस्ने ?’
सिरहाको कर्जन्हा नगरपालिका–४ का बबिचन दास र सुरेश दास, वडा नं. ५ का विशाल महरा, सिरहा–६ का रामबृक्ष महरा, सिरहाकै गोलबजार नगरपालिका–२ का रवीन्द्र मोची, वडा नं. ९ का श्रवण महरा, धनुषाको शहीदनगर नगरपालिका–२ चोरा कैलपुरका राकेश महरासहितका व्यक्ति काम नपाएर अलपत्र परेका छन् ।