TodayPati

एमालेको अवरोधका कारण नागरिकता विधेयक पारित हुन सकेन् : प्रचण्ड

टुडेपाटी–
सिरहा, चैत २४ गते ।

नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

सिरहामा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष प्र्रचण्डले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

Sponsored

उनले संसद अवरोध भएपछि अध्यादेश बाट नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको बताए ।

उनले भने, ‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ ।’

अध्यादेशबाट नागरिकताको समाधान नहुनसकेपछि सदनबाट पारित गराउन प्रस्ताव राख्दा एमाले र केपी ओली गुटले रोकेको प्रचण्डले आरोप लगाए ।

Sponsored

संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच भएपनि नागरिकता विधेयक पारित गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गरेजस्तै अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *