मधेश प्रदेश : म्यादीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, चैत १९ गते ।
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एकजना पुरुषलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएिको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शुक्रबार म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमा विशेष सूचनाको आधारमा ५/७ हजार रुपैयाँ लिई भर्ना गराईदिन्छु भनी हिँड्दै गरेका चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
यसअघि सप्तरीमा म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी नगद ठगी गर्ने एक युवकलाई पक्राउ गरिएको थियो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले म्यादी प्रहरी भर्ना गरिँदैछ ।
Sponsored