TodayPati

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि सुरु भयो नेपाली रेल

टुडेपाटी–
जनकपुरधाम, चैत १९ गते ।

नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि नेपाल रेल्वेको शुभारम्भ भएको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलको शुभारम्भ भएको हो ।

Sponsored

केही समय अगाडि भेटवर्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट दुई राष्ट्रका प्रमुखले संयुक्त रुपमा जयनगर–जनकपुरधाम–कुर्था रेलको संयुक्त उद्घाटन गरेका हुन् ।

अब आइतवार देखि दिनहुँ दुई पटक रेल सञ्चालन हुनेछ । भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटर रेल्वे सञ्चालन हुनेछ । जनकपुरधाम देखि जयनगरसम्मको सामान्य कोचको ७० रुपैयाँ र एसी कोचको ३५० रुपैयाँ तोकिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *