TodayPati

मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्ने २७ महिला सहित ३९ जना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, चैत १४ ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालय घेराउ गर्न पुगेका ३९ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ जना महिला र १२ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

Sponsored

सोमबार विभिन्न माग सहित मुख्यमन्त्री कार्यालय घेराउ गर्न चुरे तथा वन जंगल संरक्षण अभियान्ताहरु पुगेका थिए ।
उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

उनीहरुले सिरहा जिल्लाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, भूमिहीनका नाउँमा व्यक्तिले कब्जा
उनीहरुले यस अघि चुरे अभियानी अन्सन बस्दा मन्त्रीले मागहरु पुरा गर्ने र यसका लागि समिति बनाएर समितिको प्रतिवेदनको आधारमा कारवाही गर्ने प्रतिवद्धता जनाएपनि पुरा नगरेको आरोप छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *