TodayPati

प्रभावकारी सेवाका लागि जिप्रका सिरहामा टोकन प्रणाली सुरु

टुडेपाटी–
सिरहा, चैत १३ गते ।

जिल्ल्ला प्रशासन कार्यालय सिरहामा प्रभावकारी ढंगले सेवा प्रवाह गर्नका लािग टोकन प्रणालीको सुरुवात गरिएको छ ।

अत्याधिक भिडभाड हुने जिप्रका सिरहामा भिडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउन आइतवारदेखि टोकन प्रणाली सुरु गरिएको हो ।

Sponsored

नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली जडान गरिएको जिल्ला प्रशासनले जनाएको छ।

कार्यालयबाट उपलब्ध सेवालाई सहज र व्यवस्थित गर्न टोकन प्रणालीको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको उनले बताए ।

Sponsored

टोकन प्रणाली लागु भएपछि कार्यकक्षको झ्यालअगाडि अनावश्यक भिड कम हुने उनले बताए ।

धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेपछि टोकन प्रणालीको सुरुवात भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *