TodayPati

जनकपुर प्रादेशिक अस्पतालको एम्बुलेन्स प्रश्नपत्र बोक्ने साधन !

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

एम्बुलेन्स विसुद्ध रुपमा बिरामी बोक्ने साधन हो । तर पछिल्लो समय एम्बुलेन्सको दुरुपयोग हुने गरेको पाइन्छ । यसको ताजा उदाहरण हो प्रादेशिक अस्पताल जनकपुरधामको एम्बुलेन्स ।

प्रादेशिक अस्पतालले अन्य काममा प्रयोग गरेर एम्बुलेन्सको प्रयोग दुरुपयोग गर्ने गरेको छ ।

Sponsored


जनकपुर नर्सिंग कलेजको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभीटी)को प्रश्नपत्र ल्याउन प्रादेशिक अस्पताल जनकपुरले एम्बुलेन्सको प्रयोग गरेको हो ।

No description available.

मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा सो एम्बुलेन्स प्रश्नपत्र ल्याउन पुगेको थियो ।

त्यहाँ प्रश्नपत्र एम्बुलेन्समा लोड गरिरहँदा जिल्ला प्रहरीमै पुगेका एक सञ्चारकर्मीले फोटो खिच्न थालेपछि जिल्ला प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले रोकका थिए ।

Sponsored

डिएसपी बस्नेतले रित्तै एम्बुलेन्स फर्काएका थिए । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवलाई चालक झुक्याएर एम्बुलेन्स लिएर प्रश्नपत्र ल्याउन पुगेको दावी गरे । ‘ मैले म्याजिक गाडी लिएर चालकलाई भनेको थिएँ । झुक्याएर एम्बुलेन्स लिएर पुगे । मैले थाहा पाएपछि रित्तै फर्केर आउन भने । अर्को गाडी पठाएर प्रश्नपत्र ल्यायो ‘ उनले टुडेपाटीसंग भने ।

यता, सिटीइभिटीका मधेश प्रदेश कार्यालयका प्रमुख नागेन्द्र साहले यस विषयमा आफूलाई केहि थाहा नभएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *