मधेश प्रदेश : जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
टुडेपाटी–
सर्लाही, चैत ८ गते ।
सर्लाहीमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको गोडैता नगरपालिका–१० मा गएराति जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डलको मृत्यु भएको छ । अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएका छन् ।
गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
Sponsored