मधेश सरकारले खरिद गरेको बस नचलाउने, विभिन्न संघ संस्थालाई दिने मन्त्रिपरिषद्को निर्णय
टुडेपाटी–
जनकपुरधाम, फागुन २४ गते ।
मधेश प्रदेश सरकारले खरिद गरेको पाँच वटा बस नचलाउने भएका छन् ।
बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णयमा पुगेको हो ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको छ ।
Sponsored