TodayPati

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुने

टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

मंगलबार बिहान बसेको मधेश सरकारको मन्त्री रिषद बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

Sponsored

सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत याताया व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले टुडेपाटीलाई जानकारी दिए।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुँदा ४० किलोमिटर पर लहान यातायात कार्यालयमा जानुपर्ने त्यस जिल्लाका नागरिकको बाध्यताको अन्त्य हुने छ ।

सबै प्रक्रिया पुरा भएपछि यस्तो निर्णय गरेकाले चाँडै कार्यालय स्थापना गरिने मन्त्री साहको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *