TodayPati

अधिकृत अधिकारीलाई हंसपुर नगरपालिकामै कामकाज गर्न सर्वोच्चको आदेश

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

केहि दिन अघि धनुषाको हंसपुर नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीलाई लाई सोही नगरपालिकामा कामकाज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रशासकीय अधिकृत अधिकारीले दर्ता गराएको रिटमा सुनुवाई गर्दै आइतबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

Sponsored

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि सर्वोच्च अदालतमा प्रशाकीय अधिकृत अधिकारीले मन्त्रालय, नगरपालिका र प्रदेश सरकारलाई विपक्षी बनाएर रिट दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले कर्मचारी समायोजन ऐन २०७५ को दफा ९९९० बमोजिम प्रदेश वा स्थानीय तहले माग गरेको अवस्था नरहेको र निवेदक हंसपुर नगरपालिकाको प्रशासकीय अधिकृत भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४९३० र ९४०ले नेपाल सरकारले खटाएको अवस्था समेत भएकोबाट निवेदकलाई हाल कार्यरत रही आएको हंसपुर नगरपालिका धनुषामा नै प्रमुख प्रशासकीय अधिकृतको पदभारमा रही कामकाज गर्न दिन विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९९२० बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि छिमेकी जिल्ला महोत्तरीको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि जनप्रतिनिहरूले विरोध जनाएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *