TodayPati

काँग्रेस धनुषा अधिवेशन : २ हजार ९१२ मत खस्यो, मतगणना राति नै हुने

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन अन्तर्गत पहिलो चरणको मतदानमा २ हजार ९१२ मत खसेको छ । कुल ३ हजार १७३ मतदाता रहेकोमा २६१ मत कम खसेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

सोमबार बिहान ११ बजेदेखि अबेर साँझसम्म मतदान चलेको थियो । मतगणना रातिमै गर्ने तयारी छ । आजै राति वा भोलि बिहानसम्म मतपरिणाम आउने बताइएको छ ।

Sponsored

काग्रेस धनुषा सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवबिच प्रतिस्पर्धा छ ।

उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा , सुरेन्द्र प्रसाद चौधरी , गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर ९शर्मा०, धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

Sponsored

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो। साकिर राइनलगायतले उम्मेदवारी दिएका छन् ।

धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १७३ मतदाता रहेका छन् ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *