जनकपुरको शिशु प्रज्ञा सदन स्कुलद्वारा आफ्ना विद्यार्थीलाई निःशुल्क स्वास्थ्य जाँच र उपचार
टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।
जनकपुरधामको रामानन्दचोक स्थित शिशु प्रज्ञा सदन बोर्डिंग स्कुलले आफ्ना विद्यार्थी तथा अभिभावका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
स्थानीय सहयोग हस्पिटल प्रा.लिको सहयोग शनिबार स्कुलले आयोजन गरेको शिविरमा २ सय विद्यार्थी र ८० जना अभिभावकले स्वास्थ्य जाँच तथा उपचार गराइ लाभ लिएका छन् ।
शिविरमा निःशुल्क औषधि उपलब्ध गराइएको छ भने निःशुल्क भिडियो एक्स्रे र ल्याबबाट स्वास्थ्य जाँच गरिएको छ ।
सो स्कुलकै पूर्व विद्यार्थी तथा हाल चिकित्सक भएका १० जना डाक्रले विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य जाँच तथा उपचार गरेको स्कुलकी प्रिन्सिपल सुनिता पौडेलले जानकारी दिइन् ।
स्कुलका सञ्चालक आनन्द झाको अध्यक्षमा भएको शिविरमा डा.मुस्ताक अली, डा. श्याम बाबु साह, डा.सारिका गोइत, डा. सितेश गोइत, डा. जाफर वर्षा, डा. मदन साह, डा.उज्जवल बिश्वस, डा.सरफराज नदाफ र डा.रंजीत महासेठले स्वास्थ्य जाँच गरेका छन् ।
Sponsored
त्यस्तै स्वास्थ्यकर्मी मुकेश सिंह, श्रवण साह, डिल्ली राम कामती, प्रियंका सिंह, मिस प्रिया मगर, मिस पुजा साह शिविरमा सहयोग गरेका थिए ।