मधेश प्रदेश : करेन्ट लागेर वृद्धको मृत्यु
टुडेपाटी–
रौतहट, फागुन १८ गते ।
रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका वडा नं. २ हथियाही गाउँछेउको मकै आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको प्रहरीले जनाएका छन् ।
करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।
बुधवार विहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेपछि करेन्ट लागेको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादव बताए ।
उक्त तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् ।
Sponsored